कार्यालय समय विहान १० वजे देखि ५ वजे सम्म र शुक्रबार काे दिन १० वजे देखि ३ वजे सम्म

District Forest Office Baitadi

ऐतिहासिक पृष्ठभूमि

प्राकृतिक सुन्दरताले भरिपूर्ण वैतडी जिल्ला सघिंय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश नं. ७ का ९ वटा जिल्लाहरु मध्ये एक मनोरम पहाडी जिल्ला हो । यस जिल्लाको नाम वैतडी कसरी रहन गयो भन्ने सम्वन्धमा ज्ञानेश्वर भट्टराई द्धारा लिखित वृहत ज्ञानकोष अनुसार यहा वायावड नामको पहाड छ , जहाँ जोडले हावा चल्ने हुदाँ सस्कृत भाषामा त्यसलाई वैतड भन्न थालियो जो पछि वैतडी नामले प्रख्यात भयो यही नाममा जिल्लाको नाम रहन गएको छ । जिल्ला समन्वय समितिको कार्यालय सूचना केन्द्र वैतडीका अनुसार वैतडीको वरिपरि पहाडहरुमा चार वटा केदार देवताहरुको देवस्थल छ । ति चारवटा केदार मध्ये दक्षिणमा ग्वालेक केदार ,पूर्वमा रौलाकेदार, उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन जुन आराध्येदेव महादेवका रुप हुन भन्ने भनाई छ । यसरी शक्तिशाली देवताको छत्रछायाँमा रहेको यो हिन्दुहरुको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाईन्छ । यि चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ । देवस्थलहरुमा वैतडी सदरमुकामवाट सहज ढगँले यात्रा गर्न सकिन्छ । हाल ग्वालेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्याहाँ ज्यादै हावा लाग्ने गर्दछ । वढी हावा लाग्ने भएकोले सस्कृतमा वायोत्तड (वाय +त्तड ) अर्थात वायु चल्ने ठाउ पछि वायुत्तडवाट वायोत्तड र पछि शव्दको अपभ्रंस हुदै गई अन्तमा वैतडी नाम रहेको हो भन्ने भनाई छ ।
वन कार्यालयहरुको स्थापना र २०३३ सालमा राष्ट्रिय वन योजना लागु भएपछि पुनः संगठनमा परिवर्तन गरी प्रधान वन कार्यालय खारेज गर्नुका साथै ९ वटा सर्कल, ४० वटा वन डिभिजन र १७४ वटा रेन्ज कार्यालयहरुको स्थापना गरियो । वि.सं. २०४० सालमा विकेन्द्रिकरण प्रक्रियासँग मेल खाने गरी ५ वटा क्षेत्रिय वन निर्देशनालयहरु र आर्थिक वर्ष (आ.व.) २०४३÷०४४ सम्म ७५ वटै जिल्लामा डिभिजन वन कार्यालय स्थापना गरिए । तिन जिल्ला वैतडी, डडेल्धुरा र दार्चुला हेर्ने गरि बैतडी वन डिभिजन कार्यालय अन्तर्गतका २ वटा रेन्ज कार्यालयहरु उत्तर रेन्ज र दक्षिण रेन्ज कार्यालयहरु रहेको सन्दर्भमा डिभिजन कार्यालय खारेज गरि सो कार्यालयलाई डिभिजन वन कार्यालय, वैतडीको रुपमा वि.सं. २०३४ सालमा स्थापना भएको थियो ।

नेपालका साविकका ७५ जिल्ला मध्ये ७४ वटा जिल्लामा डिभिजन वन कार्यालयहरुको संगठन संरचना रहेको र ती जिल्लाहरुलाई वनक्षेत्र र महत्वका आधारमा वि.सं. २०५० सालमा क देखि ङ सम्म गरी ५ वर्गमा विभाजन गरेकोमा वैतडी जिल्ला (घ) वर्गमा पर्दछ । २०७० सालको सांगठनिक दरवन्दि अनुसार यस जिल्लामा १ सेक्टर वन कार्यालय र ८ वटा ई.व.का. रहेका छन र हाल नयाँ डिभिजन वन कार्यालयको संगठन संरचना अनुसार १ डिभिजन वन कार्यालय र ६ गोटा सव डिभिजन वन कार्यालयहरु रहेका छन् ।

received_487865752945180
received_718283009327228
received_589216629202085
received_532539415308003
received_1770474156655892
received_560742139056462
received_525020269489318
received_784253972698823
received_1013218359341963
received_3653784904745434
received_746824826472257
received_788568815476879
received_1138689086710773
received_776905796653640
received_363561462337680
received_465635708642017
received_357735816410465
received_487865752945180 (1)
cropped-received_718283009327228.jpeg
cropped-received_487865752945180.jpeg
previous arrowprevious arrow
next arrownext arrow
Shadow